जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ

पाेखरा | पुस २४, २०७९

जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गरेको छ ।  कास्की प्रहरीको टोलीले तिवारीलाई  पोखरा महानगरपालिका २८ माझठाना स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार पक्राउपछि उनलाई पहिले उच्च अदालतले फैसला गरे अनुसार कैद भोग्न अदालत पठाइएको छ । 

 

तिवारीलाई उच्च अदालतले तिवारीलाई जजक मुद्धामा २०७९ बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

 

तिवारीले २०७६ साउन ७ गते अपाङ्गता रहेकी नावालिग परिवर्तित नाम (पोखरा १३) लाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमा पनि पर्यटकको आगमन घटेको छ।   अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्